भेला आयोजना

मिति ः २०७६÷०४÷१९

सूचना ! सूचना !! सूचना !!!

यस समाजको २०७६ साल श्राबण ११ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट निम्न मिति, स्थान र समयमा केन्द्रीय कार्यसमिति, संरक्षक, संल्लाहकार, प्रदेश संयोजक, जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवज्यूहरुको अनिवार्य उपस्थितिमा २०७६ को बिजया दशमीको शुभकामना आदान प्रदान सहित भेला आयोजना गर्ने भनी निर्णय भएको हुँदा सोही अनुरुप अनिवार्यरुपमा उक्त भेलामा सहभागी भईदिनुहुन सादर अनुरोध छ ।
साथै समय मिल्न सक्ने जिल्ला समितिका अन्य पदाधिकारी, सदस्य एवं सल्लाहकारज्यूहरु लगायत समस्त बन्धुहरुमा उपस्थितिका लागि अनुरोध छ ।
मिति ः २०७६÷०५÷२७ गते शुक्रबार
स्थान ः मकवानपुर, हेटौडा (ख्भ्ल्ग्भ् पछि तय गरिने छ ।)
समय ः बिहान ११ः०० बजे
बिषयहरु ः–
१. वंशावली अनलाईन गर्न प्रत्येक जिल्ला समिति मार्फत देशैभरबाट वंशावलीकै ढाँचामा नामावली संकलन गर्ने गराउने सम्बन्धमा ।
२. हाम्रा पूर्वजहरुले राज्यबाट प्राप्त गरेका विर्ता, पुरस्कार, सम्मान एवं ऐतिहासिक बिषयबस्तुहरु जिल्ला समिति मार्फत संकलन गरी प्रकाशन गर्ने सम्बन्धमा ।
३. कूलपूजाको बिधि प्रक्रियाहरु देशैभरीबाट संकलन गर्ने र त्यसमा एकरुपता कायम गरी प्रकाशन गर्ने सम्बन्धमा ।
४. प्रदेश समितिहरु गठन गर्न प्रत्येक प्रदेशमा भेला आयोजना गर्ने सम्बन्धमा ।
५. बिबिध

बन्जारा तथा बन्जाडे समाज, नेपाल
केन्द्रीय कार्यसमिति