परिचय

बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरूमा, विद्यालय तथा बिश्वविद्यालयहरूमा, बिभिन्न सभा, समारोह लगायतका सार्वजानिक स्थानहरुमा बन्जारा तथा बन्जाडे थरका मानिसहरुलाई अल्पसंख्यक भएको र कहिल्यै नसुनेको थर भएको भनी धेरै ठाऊँमा र धेरै पटक तपाईको थर बन्जारा वा बन्जाडे के हो? कस्तो हो? भन्ने खालका आश्चर्य प्रकट गर्ने प्रश्न आई नै रहन्थे । हाम्रो थर बन्जारा तथा बन्जाडेको बारेमा छिमेकी राष्ट्र भारतमा प्रयोग हुने बन्जारा शब्दसँग जोडेर हुने गरेका नकारात्मक टिका टिप्पणीले झन मनमा अस्थिरता जन्माउथ्यो । यिनै भ्रमहरुलाई चिर्दै आफ्नो थर प्रति हिनताबोध हैन गौरव गर्ने वाताबरणको सृजना गर्ने, बन्धुहरु बीचको एकताको माध्यमबाट आपसमा प्रेम, सद्भाव, बन्धुत्व र भाईचारा स्थापित गर्ने, वंशावली निर्माण गर्ने, भावनात्मकरुपमा बन्धुहरुबीच निकटता ल्याउने लगायतका उद्देश्य राखेर बि.सं. २०४६, २०४८ र २०५२ साल देखि निरन्तर हाम्रा अग्रजहरुले पटक–पटक कौडिन्य गोत्रीय बन्जारा तथा बन्जाडे बन्धुहरूको भेला आयोजना मार्फत गरिएका प्रयासहरूको उच्च सम्मान गर्दै उहाँहरूले देखेको उक्त सपना साकार पार्न बन्धु समाजको परिकल्पना गरिनु पर्दछ भन्ने महशुस भईरहेको थियो ।

यसैबीच लामो समय अमेरिका बसोबास गरेर केही समयको नेपाल बसाईमा समाज सेवा गरौं भन्ने भाव बोकेका अर्घाखाँची बासी पवन बन्जाडे, सिन्धुपाल्चोक जिल्लामा सिन्धु बन्जारा समाज गठन गरी बन्धुहरुको एकताको निम्ति योगदान गरिरहनु भएका सिन्धुपाल्चोक निवासी राजकुमार बन्जारा र वंशावली निर्माण गरेरै छाड्नु पर्छ भनि लागेका काभ्रे पनौति निवासी रामकुमार बन्जारा बीच भेटघाट भई बन्धुत्व साटिन कुनै समय लागेन । सामाजिक संजालको उपयोगिता मार्फत त्रिकोणात्मक भेट र छलफलले देशैभर छरिएर रहनु भएको बन्जारा बन्जाडे बन्धुहरूलाई फेसबुक मार्फत् जोड्दै काठमाण्डौमा बसोबास गरिरहनु भएका करिव २३ जिल्लाका ३५–४० जना बन्धुहरूको ऐतिहासिक प्रारम्भिक भेला बि.सं.२०७५ साल बैशाख २१ गते भक्तपुरको बालकोटमा सम्पन्न गर्न सफल भयो । सो भेलाले पवन बन्जाडे संयोजक र रामकुमार बन्जारा सह संयोजक रहेको २३ सदस्यीय तदर्थ समिति गठन ग¥यो ।

बन्जारा तथा बन्जाडे बन्धुहरुको बसोबास रहेको स्थानमा बिभिन्न किसिमका गतिबिधि संचालन गर्दै समाजलाई गतिशील बनाउदै लैजानु पर्छ भन्ने मान्यताका साथ गठित तदर्थ समिति र पनौति निवासी अर्जुनप्रसाद बन्जारा, केशव बन्जारा, रामकृष्ण बन्जारा लगायत समस्त बन्धुहरुको संयुक्त पहलमा बन्जारा बन्धुहरुको बाक्लो बस्ती रहेको सुन्दर नगरी काभ्रेको पनौतीमा मिति २०७५ साल जेष्ठ १२ गते शनिबार आयोजना गरिएको बन्धु भेलाले ऐतिहासिक बृहत प्रथम राष्ट्रिय भेला २०७५ को रुप धारण ग¥यो । उक्त भेलाद्वारा बैद्यानिकरुपमा संस्था दर्ता गरी संगठितरुपमा अघि बढ्ने बारेको आबश्यकता, उद्देश्य र औचित्य सहित पनौति निवासी समाजसेवी तथा बौद्धिक व्यक्तित्व अर्जुनप्रसाद बन्जाराको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन ग¥यो । गठित केन्द्रीय तदर्थ समितिलाई बन्जारा तथा बन्जाडे समाज, नेपाल नामक संस्था बिधिवतरुपमा दर्ता गरी स्वीकृत बिधान बमोजिम संगठन निर्माण, सदस्यता वितरण, बन्धुहरूमा एकता, बन्धुत्व, भाईचारा एवं सद्भावको अभिबृद्धि गर्दै अगाडि बढ्ने जिम्मेवारी प्रदान ग¥यो । सोही अनुरुप जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मिति २०७५ साल श्रावण ७ गते बिधिवतरुपमा संस्था दर्ता गर्न तदर्थ समिति सफल भयो ।