संस्थाको उद्देश्य देहाय बमोजिम रहनेछ ।

  • यो संस्था मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ ।
  • देशभर छरिएर रहेका समस्त बन्जारा तथा बन्जाडे समुदायको हकहित र पहिचान स्थापित गर्ने, बन्धुहरुको एक सशक्त समाजको निर्माण गर्ने, परम्परागत रीतिरिवाज, धर्म, आस्था, संस्कार आदिको संरक्षण एवं जगेर्ना गर्ने, वंशावली निर्माण तथा परिमार्जन गर्ने ।
  • बन्जारा तथा बन्जाडे समुदायका अशक्त, अपाङ्ग, असहाय, बृद्धबृद्धा, बालबालिका, गरीवि एवं दैवि प्रकोप आदिबाट पिडित बर्गलाई महत्वपूर्ण सहयोग पु¥याउन निश्वार्थरुपमा सामाजिक परोपकारी कार्यक्रमहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने ।
  • सामाजिक, सांस्कृतिक एवं आर्थिकरुपमा बन्धुहरुको जीवनस्तरको सुधारका निम्ति बिभिन्न पूर्वाधारहरुमा पहुँचको अभिबृद्धि गर्दै दक्ष जनशक्तिको निर्माण, रोजगारीका अबसरहरुको सृजना, व्यवसायीक क्षमता एवं उद्यमशिलताको विकास गर्दै राष्ट्रको समग्र विकासमा टेवा पु¥याउने ।
  • संस्थाका लक्षित उद्देश्यहरु हासिल गर्न सरकारी, गैर सरकारी, राष्ट्रिय एवं अन्तराष्ट्रिय संघ संस्थाहरु सँग समन्वय एवं प्रचलित ऐन नियमको अधिनमा रही सहयोग प्राप्त गर्ने ।
  • जेष्ठ नागरीक, विद्यालय तह तथा उच्च शिक्षामा उत्कृष्ट अंक ल्याउने तथा समाजमा उच्च नैतिकता एंव सदचरित्र सम्पन्न व्यक्तिहरुलाई सम्मान गर्ने ।
  • समाजको प्रचार–प्रसार गर्न सम्बन्धित ज्ञानका विधाहरुको अध्ययन अन्वेषण गर्ने, नेपालका विभिन्न जिल्लामा छरिएर रहेका बन्धुहरुको खोज तथा अनुसन्धान गरी बन्धुत्व तथा भातृत्वको विकास गराई समाज लाई संगठित गर्ने ।
  • विभिन्न प्रकारका सम्मेलन गोष्ठी कार्यक्रम प्रदर्शनी वनभोज जस्ता कार्यक्रमको आयोजना गर्ने ।
  • समाज सम्बन्धी सोध गरिरहेका विद्यार्थी, जेहन्दार विद्यार्थी, विद्वान तथा सोधकर्ताहरूलाई छात्रवृत्ति र अन्य सुविधा उपलब्ध गराउने ।
  • सदस्यहरुबाट सदस्यता बापत र थप आर्थिक सहयोग बापत पनि रकम संकलन गरी संस्था संचालनका लागि कोषको व्यवस्था गर्ने ।