यस संस्थाका देहाय बमोजिम ५ प्रकारका सदस्यहरुको वर्गिकरण गरिएको छः

  • संस्थापक सदस्यः– यस संस्था दर्ता हुँदाको बखतका पदाधिकारीहरु संस्थापक सदस्य हुनेछन् । संस्थापक सदस्यहरुले साधारण वा आजीवन सदस्यता लिएर विधान बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।
  • बंशज सदस्यः– बन्जारा तथा बन्जाडेका सन्तान र बिबाहबाट नाता कायम भई आएका व्यक्ति स्वतः बंशज सदस्य हुनेछन । तर मताधिकारका लागि साधारण वा आजीवन सदस्यता लिनु पर्नेछ ।
  • साधारण सदस्यः– यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि बन्जारा तथा बन्जाडे बन्धुले तोकिएको प्रकृया अन्तर्गत रही आवेदन गरे बमोजिम संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तिहरु साधारण सदस्य हुने छन् । साधारण सदस्य प्राप्त गर्न चाहने व्यक्तिले प्रवेश शुल्क वापत रु.५००(अक्षरुपी पाँच सय मात्र) र बार्षिक शुल्क बापत रु.१००(अक्षरुपी एक सय मात्र) बुझाई तोकिएको प्रक्रिया अनुसार आवेदन पेश गर्नेलाई कार्य समितिको निर्णयले साधारण सदस्यता प्रदान गर्न सकिनेछ ।साधारण सदस्यले वार्षिक नवीकरण शुल्क वापत रु.१००(अक्षरुपी एक सय मात्र) बुझाउनु पर्नेछ । साधारण सदस्य प्राप्त गर्ने सदस्यले प्रत्येक वर्ष चैत्र महिनाको मसान्त भित्र नवीकरण गराईसक्नु पर्नेछ र त्यसपछिको हकमा बार्षिक २५% का दरले बिलम्ब शुल्क स्वरुप थप दस्तुर बुझाई नवीकरण गर्न सक्नेछ ।
  • आजीवन सदस्यः– संस्थाको विकासको लागि विशेष सहयोग तथा योगदान पु¥याउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्र्तगत आजीवन सदस्यता प्रदान गरिनेछ । संस्थामा एकमुष्ट रु.५,५५५(अक्षरुपी पाँच हजार पाँच सय पचपन्न मात्र) बुझाई तोकिएको प्रक्रिया अन्तरगत आवेदन दिने व्यक्तिहरुलाई कार्य समितिको निर्णयले आजीवन सदस्यता प्रदान गर्न सक्नेछ ।
  • मानार्थ सदस्यः– संस्थाले उपयुक्त ठहर गरेको विशिष्ठ समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्यता प्रदान गर्न सक्नेछ तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।